Deshko News
६ आश्विन २०८०, शनिबार

बैंकिङ कसुर मुद्दाका फरार प्रतिबादी पक्राउ



धनगढी, असोज १ । कैलाली प्रहरीले बैंकिङ कसुर मुद्दाका फरार प्रतिबादीलाई पक्राउ गरेको छ ।

फैसला कार्यान्वयनको सिलसिलामा प्रहरीले फरार प्रतिबादी कैलालीको टीकापुर–२ का ४४ वर्षीय प्रेमबहादुर शाहीलाई पक्राउ गरेको हो ।

कैलाली जिल्ला अदालतको मिति २०७४।०९।१२ गतेको फैसलाले शाहीलाई ५ दिन कैद, रु. ३२ लाख ५० हजार जरिवाना र चेक अनादर मुद्दामा मिति
२०७५।०९।२९ गतेको फैसलाले रु. २ हजार जरिवाना तोको थियो ।

प्रहरीले शाहीलाई खोजतलास गर्ने क्रममा आइतबार राति उनकै घर ठेगानाबाट फेला पारी आवश्यक कारबाहीका लागि अदालत समक्ष पेश गरेको जनाएको छ ।

प्रकाशित मिति: १ आश्विन २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News