Deshko News
१४ आश्विन २०८०, आइतबार

अमेरिकाको एउटा लडाकु विमान बेपत्ता, पाइलटले हाम फाले



काठमाडौं । अमेरिकाको दक्षिण क्यालिफोर्नियाको नर्थ चार्ल्सटन एयरबेसबाट आइतबार उडेको एफ–३५ लडाकु विमान बेपत्ता भएको छ । विमान उडेको केही बेरमै बेपत्ता भएको हो ।

उक्त विमानका पाइलटले भने विमान उडिरहेको अवस्थामा हालफालेका थिए । उनको अवस्थामा खतरामुक्त रहेको र उपचार भइरहेको जनाइएको छ ।

एयरबेसका तर्फबाट सोसल नेटवर्किङ साइट ‘एक्स’मा एक पोस्ट लेखिएको छ, जसमा हराइरहेको सो विमानको अवस्थाबारे कसैलाई थाहा भएमा जानकारी दिन आह्वान गरिएको छ ।

एयरबेसका अधिकारीहरुले चार्ल्सटन शहरको उत्तरतिर रहेको ताल आसपास विमानको खोजी गरिरहेका छन् ।

प्रकाशित मिति: १ आश्विन २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News