Deshko News
६ आश्विन २०८०, शनिबार

राप्रपा नेपालले संविधान दिवसकाे दिन देशव्यापी प्रदर्शन गर्ने



काठमाडौं, असोज १ । राप्रपा नेपालले आगामी असोज ३ गते देशब्यापी प्रदर्शन गर्ने भएको छ । असाेज ३ गते संविधान दिवस पर्छ ।

आज पार्टी अध्यक्ष कमल थापाको उपस्थितिमा बसेको समिक्षा बैठकले गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता बोकेको भ्रष्ट शासकको पुत्ला जलाउन तथा राँके जुलुश प्रर्दशन गर्ने निर्णय गरेको हो ।

प्रदर्शनका लागि पार्टीले जिल्ला कमिटी, भातृसंगठन र आमजनतालाई आह्वान समेत गरेको महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

बैठकलाई सम्बोधन गर्दै अध्यक्ष थापाले संघीय गणतन्त्रको नाममा मुलुकलाई संकटको दलदलमा फसाएकोले मुक्तिका लागि अब सडक संघर्ष आवश्यक भएको बताए ।

बैठकमा पार्टीका पदाधिकारी सदस्य तथा जनवर्गीय संगठनका प्रमुखहरु र उपत्यकाका जिल्ला अध्यक्षहरुले पनि आन्दोलनमा जान जोड दिएका थिए ।

प्रकाशित मिति: १ आश्विन २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News