सुनको मूल्य आज तोलामा पाँच सय बढ्यो

काठमाडौं, असोज २ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन आज तोलामा पाँच सय रुपैयाँ बढ्दै प्रतितोला एक लाख १३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । सुन हिजो प्रतितोला एक लाख १२ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य तोलामा पाँच रुपैयाँ बढ्दै प्रतितोला एक हजार चार सय १० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
प्रकाशित मिति: २ आश्विन २०८०, मंगलबार