यौन दुराचारी फुटबल प्रशिक्षकको कारागारमै निधन

काठमाडौं, असोज २ । यौन दुराचारी फुटबल प्रशिक्षक बेरी बन्नेलको कारागारभित्रै निधन भएको छ ।
६९ वर्षका रिचर्ड जोन्सको नामले परिचित उनलाई १२ जना बालकलाई यौन दुराचार गरेको आरोप लागेको थियो ।
न्यायालयले उनलाई सन् २०१८ मा ३० वर्षको कारागार सजाय सुनाएको थियो । उनीविरुद्ध दर्ता भएका ५० वटा यौन दुराचारका मुद्दामध्ये अधिकांशमा दोषी ठहर भएका थिए ।
बेलायतको म्यानचेस्टरमा जन्मिएका उनी क्रु एलेक्जेन्डरका पूर्व प्रशिक्षक थिए । उनी केही समयका लागि म्यानचेस्टर सिटीसँग पनि जोडिएका थिए ।
उनी सन् १९७० देखि सन् १९९० को दशकमा शृङ्खलाबद्ध रूपमा बाल यौन दुराचारको घटनामा संलग्न भएका थिए । उनी जिब्रोको क्यान्सरबाट पीडित थिए ।
प्रकाशित मिति: २ आश्विन २०८०, मंगलबार