Deshko News
१६ आश्विन २०८०, मंगलबार

संस्थापन इतर समूहको बैठकमा विश्वप्रकाश र प्रदीप सहभागी नहुने



काठमाडौं, असोज २ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र नेता प्रदिप पौडेल शेखर कोइरालाले बोलाएको गुटको बैठकमा सहभागी नहुने भएका छन् ।

कोइराला आज दिउँसो २ बजे आफ्नो सम्पर्क कार्यालयमा आफू पक्षीय पदाधिकारी केन्द्रीय सदस्यको बैठक बोलाएका छन् । उक्त बैठकमा सहभागिताका लागि
कोइरालाको सचिवालयले महामन्त्री शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेललाई पहिलो पटक समूहको बैठकमा आमन्त्रण गरेको थियो ।

१४ औँ महाधिवेशनमा नेता प्रकाशमान सिंहको ‘प्यानल’ बाट शर्माले महामन्त्री जित्दा सभापति शेरबहादुर देउवाको प्यानलबाट पौडेल महामन्त्रीमा प्रतिस्पर्धामा उत्रिएका थिए ।

संसदीय दलको नेतामा सभापति देउवाविरुद्ध उभिएका महामन्त्री थापालाई शर्मा र पौडेल दुवैले साथ दिएका थिए । तर, महामन्त्री शर्मा इतर पक्षको बैठकमा सहभागी नहुने उनी निकट स्रोतले जनाएको छ ।

प्रकाशित मिति: २ आश्विन २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News