Deshko News
६ आश्विन २०८०, शनिबार

चिर्पट प्रहार गरी बुबाको हत्या, छोरा पक्राउ



काठमाडौं, असोज २ । कपिलवस्तुमा चिर्पट प्रहार गरी बुबाको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

जिल्लाको कपिलवस्तु वाणागंगा नगरपालिका–८ पुलचोक बस्ने २६ वर्षीय विकास परियारलाई इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको टोलीले सोमबार राति पक्राउ गरेको हो।

घरयासी विवादका क्रममा उनले ६० वर्षीय बुबा बलबहादुर परियारलाई चिर्पट प्रहार गरी घाइते बनाएका थिए। उपचारको क्रममा सामुदायिक अस्पतालमा मृत्यु भएपछि विकासलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति: २ आश्विन २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News