Deshko News
६ आश्विन २०८०, शनिबार

घर किन्न वा निर्माण गर्न २ करोडसम्म ऋण पाइने



काठमाडौं, असोज २ । चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत घर तथा आवासीय कर्जाको सीमा बढाएसँगै घर किन्न वा निर्माण गर्न दुई करोडसम्म ऋण पाउन सकिने भएको छ ।

केन्द्रीय बैंकले आवासीय प्रयोजनका लागि पहिलो पटक घर खरिद गर्ने व्यक्तिको लागि घर वा अपार्टमेन्ट खरिद वा घर निर्माणको लागि बैंक तथा वित्तीय संस्थाबाट २ करोड रुपैयाँसम्म आवासीय घर कर्जा लिन सकिने व्यवस्था गरेको हो ।

तर, यस्तो कर्जा प्रवाहमा गर्दा बैंक तथा वित्तीय संस्थाले ऋणीले राख्ने धितोको अधिकतम ७० प्रतिशत भन्दा बढी ऋण प्रवाह गर्न नहुने बताएको छ ।

केन्द्रीय बैंकको व्यवस्था अनुसार ऋणीले २ करोड कर्जा थाम्ने गरी धितो राख्नुपर्नेछ भने बैंक तथा वित्तीय संस्थाले ऋणीको अधिकतम धितोको ७० प्रतिशत मात्र कर्जा प्रवाह गर्नुपर्नेछ ।

तर यस्तो कर्जामा ब्याज वृद्धि भएमा बैंक तथा वित्तीय संस्थाले मासिक किस्ता परिवर्तन नहुने व्यवस्था गर्नुपर्ने बताइएको छ ।

प्रकाशित मिति: २ आश्विन २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News