Deshko News
१६ आश्विन २०८०, मंगलबार

माओवादी लडाकुबाट आएका सेनाका सहायक रथी अधिकारीको पदावधि ३ वर्ष थपियो



काठमाडौं, असोज २ । सरकारले माओवादीको सेनाबाट नेपाली सेनामा समायोजन भएर आएका सहायक रथी यामबहादुर अधिकारीको पदावधि ३ वर्ष थप्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को बैठकले अधिकारीको पदावधि ३ वर्ष थप्ने निर्णय गरेको हो । सेनामा समायोजन हुँदा उनले महासेनानीको दर्जा पाएका थिए ।

असोज १ गतेबाट अवकाशमा जान लागेका अधिकारीको पदावधि थप भएको सैनिक प्रवक्ता (सहायक रथी) कृष्ण प्रसाद भण्डारीले बताए ।

२०७६ असोज १ मा उनी सहायक रथिमा बढुवा भएका थिए । विशेष पद सिर्जना गरेर उनलाई एक पटकका लागी सहायक रथीमा बढुवा गरिएको थियो ।

चार वर्षे पदावधिका कारण उनी असोज १ मा अवकाशमा जान लागको थिए । मन्त्रिपरिषद्को निर्णयसँग अब उनी थप ३ वर्ष उनी सेनामा रहनेछन् ।

धादिङको मार्पाक घर भएका अधिकारी हाल वन तथा पर्यावरण सुरक्षा निर्देशनालयको निर्देशक पदमा कार्यरत छन् ।

प्रकाशित मिति: २ आश्विन २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News