Deshko News
६ आश्विन २०८०, शनिबार

बालेनविरुद्ध ७७ घण्टा उभिने अभियन्ता श्रेष्ठ



काठमाडौं, असोज २ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध अभियन्ता इशान श्रेष्ठ आन्दोलनमा उत्रिएका छन् ।

‘ई’ नामले चिनिने उनले मेयर बालेन शाहको कार्यालय राष्ट्रिय सभागृह अगाडि ७७ घण्टासम्म उभिएर विरोध प्रदर्शन गर्ने घोषणा गरेका हुन् ।

उनी मंगलबार दिउँसो १ बजेदेखि राष्ट्रिय सभा गृहअगाडि उभिएका छन् । उनले यो आन्दोलन शुक्रबार ६ बजेसम्म जारी रहने बताएका छन् ।

चुनावको समयमा बालेनले प्रतिज्ञा गरे अनुसार सडक विक्रेताहरूका लागि वैकल्पिक व्यवस्था नगरी धरपकडको नीति लिएको भन्दै यस्तो आन्दोलन गर्नुपरेको बताएका छन् ।

फुटपाथ व्यापारीलाई वैकल्पिक व्यवस्थापन गर्नुपर्ने माग उनको माग छ ।

प्रकाशित मिति: २ आश्विन २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News