शेयर बजारमा १६ अंकको सुधार, कति भयो कारोबार ?

काठमाडौं, असोज २ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा मंगलबार दोहोरो अंकको सुधार भएको छ । आज नेप्से १६.२४ अंकले बढेर एक हजार ९ सय ८५ दशमलब २४ विन्दुमा बन्द भएको हो ।
त्यस्तै, आज एक अर्ब १७ करोड ६६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्सेका अनुसार मंगलबार कारोबार भएका १८२ कम्पनीको शेयरमूल्य बढेको छ भने ३६ कम्पनीकोे शेयरमूल्य घटेको छ । १० वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
एक कम्पनीको शेयरमूल्यमा १० प्रतिशतले वृद्धि भएको छ भने ६ कम्पनीको शेयरमूलय ९ प्रतिशत भन्दा बढीले बढेको छ । यसका साथै सात कम्पनीको शेयरमूल्य आठ प्रतिशत भन्दा बढीले बढेको छ ।
आज इमजिङ नेपाल लिमिटेडका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य आज ८ प्रतिशतले घटेको छ । नेप्सेका अनुसार कारोबारको आधारमा आज सबैभन्दा बढी रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको भएको छ ।
यस कम्पनीको आज १० करोड ६४ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
प्रकाशित मिति: २ आश्विन २०८०, मंगलबार