विद्यालय शिक्षा विधेयकविरुद्ध प्रदर्शन गर्ने १६ जना पक्राउ


काठमाडौं, असोज ५ । विद्यालय शिक्षा विधेयकविरुद्ध सिंहदरबार अगाडि प्रदर्शन गर्ने मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका १६ जना पक्राउ गरेका छन् ।
अखिल क्रान्तिकारीका संयोजक मिलन राईसहित १६ जनालाई प्रहरीले पक्राउ गरेको हो । शिक्षकहरुको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै उनीहरु विरोधमा उत्रिएका थिए ।
प्रकाशित मिति: ५ आश्विन २०८०, शुक्रबार