प्रधानमन्त्री प्रचण्ड र चीनका राष्ट्रपति चिनपिङबीच संक्षिप्त भेट


 


चीन । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनका राष्ट्रपति सी चिनपिङसंग भेट गरेका छन्।

हाङझावमा राष्ट्रपति चिनफिङले आयोजना गरेको दिवाभोजमा सरिक हुने क्रममा प्रधानमन्त्री प्रचण्ड र चिनफिङबीच संक्षिप्त भेट भएको हो।

उनीहरूबीच द्विपक्षीय भेटवार्ता भने ४ बजे हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

भेटवार्तापछि प्रधानमन्त्री १९ औं एसियाली खेलकुदको उद्घाटन समारोहमा सरिक हुनेछन्।

प्रधानमन्त्री प्रचण्ड भोलि चीनको राजधानी बेइजिङ जाने कार्यmक्रम छ। बेइजिङमा उनले सेप्टेम्बर २५ मा आफ्ना चिनियाँ समकक्षी लि छियाङसँग द्विपक्षीय वार्ता गर्नेछन्।

प्रकाशित मिति: ६ आश्विन २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्