लोसपाका अनिल महासेठले लिएनन् महासचिव पद, ठाकुरलाई यस्तो सुझाव


काठमाडौं, असोज ९ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता अनिल महासेठले महासचिव पद अस्वीकार गरेका छन् ।
लोसपाले सोमबार सार्वजनिक गरेको पदाधिकारीसहित केन्द्रीय समितिको सूचीमा अनिल महासेठलाई महासचिवमा चयन गरिएको थियो । तर महासेठले भने आफू सो पदका लागि इच्छुक नभएको र अन्य जिम्मेवार नेतालाई सो पद दिन अध्यक्ष महन्थ ठाकुरलाई आग्रह गरेका छन् ।
उनले पार्टीमा अन्य जिम्मेवार नेताहरूको अवमूल्यन भएको र उनीहरूले उचित स्थान नपाएको बताएका छन् ।
लोसपाको केन्द्रीय समितिमा अध्यक्षसहित पदाधिकारीको संख्या ७० पुर्याइएको छ । अध्यक्षपछि तीन जना वरिष्ठ नेता, एक जना वरिष्ठ सहअध्यक्ष, छ जना वरिष्ठ उपाध्यक्ष, १५ जना उपाध्यक्ष, सहमहासचिव आठ जना, सचिव ११ जना प्रवक्ता र सहकोषाध्यक्ष १–१ जना तथा कोषाध्यक्ष दुई जना छन् ।
प्रकाशित मिति: ९ आश्विन २०८०, मंगलबार