नेप्सेमा १८ अंकको वृद्धि, कारोबार रकम पनि बढ्याे


काठमाडौं, असोज ९ । सोमबार ५.८९ अंकले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मंगलबार १८.४५ अंकले बढ्दै २०२२.९१ बिन्दुमा पुगेको छ ।
आज नेप्सेमा कारोबार रकम पनि बढेको छ । सोमबार एक अर्ब ५६ करोड ५५ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । आज २ अर्ब ९ करोड ३८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
नेप्सेका अनुसार आज कारोबार भएका १९० कम्पनीको शेयरमूल्य बढेको छ भने ३९ कम्पनीकोे शेयरमूल्य घटेको छ । ३ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
मंगलबार ७८ हजार ६१६ वटा कारोबारमा ८७ लाख ४ हजार ५७७ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा २ अर्ब ९ करोड ३८ लाख रुपैयाँको कारोबार भएको छ ।
मंगलबार एनआईसी एशिया बैंकको सर्वाधिक ८ करोड ३५ लाख रुपैयाँको सेयर कारोबार हुँदा सन् नेपाल लाइफ इन्स्योरेन्सको ७ करोड ५४ लाख र रियालयबल लाइफ इन्स्योरेन्सको ७ करोड १३ लाखको सेयर कारोबार भएको छ ।
मंगलबार नेप्सेमा कुल २३२ सूचीकृत कम्पनीको सेयर कारोबार भएकोमा १९० कम्पनीको सेयरमूल्य वृद्धि हुँदा ३९ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ ।
प्रकाशित मिति: ९ आश्विन २०८०, मंगलबार