एमाले कर्णाली प्रदेश अधिवेशन भोलिदेखि


सुर्खेत, असोज ९ । नेकपा एमाले कर्णाली प्रदेश अधिवेशन भोलि बुधबारदेखि सुरु हुँदैछ ।
अधिवेशनका लागि सम्पूर्ण तयारी पूरा भएको एमाले प्रदेश समितिले पत्रकार सम्मेलन गरेर जानकारी दिएकोछ ।
अधिवेशनको उद्घाटन सुर्खेतको सिटी हलमा प्रथम प्रदेश अधिवेशन हुने र अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको अध्यक्ष विनोदकुमार शाहले जानकारी दिए ।
प्रदेश अधिवेशनमा ६०४ प्रतिनिधि सहभागी हुने तय भएको छन् । जसमध्ये २२ वटा मोर्चा संगठनबाट ५० जना प्रतिनिधि रहने उनले बताए ।
अधिवेशनमा सहभागी हुने प्रतिनिधिमध्ये १९५ जना महिला छन् । समावेशी रुपमा १११ जना दलित प्रतिनिधि रहेका जनाइएको छ । अधिवेशनले १३५ सदस्यीय प्रदेश कमिटी गठन गर्नेछ ।
प्रकाशित मिति: ९ आश्विन २०८०, मंगलबार