टर्की पठाइदिने भन्दै एक करोड बढी रकम ठगी गर्ने महिला पक्राउ


 


काठमाडौं, असोज ९ । वैदेशिक रोजगारीका लागि टर्की पठाइदिन्छु भन्दै करोडौँको ठगी गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

ठगी आरोपमा प्रहरीले पोखराको लेखनाथ टोल बस्ने ३२ वर्षीया सुरुची भुजेललाई पक्राउ गरेको हो ।

भुजेलसहितको संलग्नतामा पोखराका ४२ वर्षीय विनोद श्रेष्ठले सिर्जन कुमार राईसमेत ३० जनालाई टर्की पठाइदिन्छु भन्दै ठगी गरेका थिए ।

भूकम्पपछि पुनर्निर्माणका लागि यूएनले सहयोग गर्ने उद्देश्यले मासिक १४ सय अमेरिकी डलर तलब दिने प्रलोभन देखाई पीडितबाट १ करोड १५ लाख ९९ हजार ८ सय रुपैयाँ ठगी गरेको पाइएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।

प्रकाशित मिति: ९ आश्विन २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्