पत्रकार धामीमाथि कुटपिट गरेकाे आरोपमा विप्लव समूहका विद्यार्थी नेता पक्राउ


काठमाडौं, असोज ९ । रातोपार्टी अनलाइनमा कार्यरत पत्रकार कृष्णसिंह धामीलाई कुटपिट गरेको आरोपमा प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको विद्यार्थी संगठनका नेता प्रेम सिजापतीलाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार आफूलाई विप्लवनिकटको विद्यार्थी संगठन क्रान्तिकारीका केन्द्रीय सदस्य बताउने सिजापतीलाई कीर्तिपुरबाट पक्राउ गरिएको हो ।
आक्रमणमा संलग्न अन्य व्यक्तिको खोजी भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी सिद्धिविक्रम शाहले बताए ।
सोमबार अपरान्ह साढे ४ बजेतिर खाजा खाएर कार्यालयतर्फ फर्किने क्रममा धामीलाई एक समूहले उनीहरुले अन्धाधुन्ध आक्रमण गरेका थिए ।
गत भदौ २६ गते विप्लव समूहको विद्यार्थी संगठनका अध्यक्ष बताउने प्रकाश शाहीले एक विज्ञप्ति जारी गरेर रातोपाटी र त्यसमा कार्यरत सम्वाददातालाई सजाय दिने धम्की दिएका थिए ।
प्रकाशित मिति: ९ आश्विन २०८०, मंगलबार