उपाध्यक्षका बुवाको निधनमा गाउँपालिकामा शोक बिदा


काठमाडौं, असोज १० । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाकी उपाध्यक्षका बुबाको निधनमा गाउँपालिकाले शोक बिदा दिएको छ ।
गाउँपालिका उपाध्यक्ष शान्ताकुमारी आङबोहाङका बुवा दिलबहादुर आङबोहाङको निधन भएपछि गाउँपालिकामा शोक बिदा दिइएको हो ।
शोकमा आज गाउँपालिकाको कार्यालय, सबै वडा कार्यालय, स्वास्थ्य संस्था र शैक्षिक संस्था बन्द छन् ।
प्रकाशित मिति: १० आश्विन २०८०, बुधबार