चीनले अन्तरिक्षमा पठायो ‘रिमोट सेन्सिङ’ उपग्रह


एजेन्सी । छिमेकी देश चीनले नवीनतम ‘रिमोट सेन्सिङ’ उपग्रह अन्तरिक्षमा पठाएको छ ।
उसले उत्तर पश्चिम चीनको जिक्वान स्याटेलाइट लन्च सेन्टरबाट उक्त उपग्रह अन्तरिक्षमा पठाएको हो ।
याओगन–३३ ०४ नामक उपग्रह लङ मार्च–४ सी क्यारियर रकेटबाट स्थानीय समयानुसार बिहान ४ः१५ बजे प्रक्षेपण गरिएको थियो ।
यसलाई वैज्ञानिक प्रयोग, भूमि स्रोत सर्वेक्षण, बाली उत्पादन अनुगमन र विपद् रोकथाम र राहतकार्यका लागि प्रयोग गरिनेछ ।
प्रकाशित मिति: ११ आश्विन २०८०, बिहिबार