बाराबाट २६ लाख मूल्य बराबरको अलैंची बरामद


 


काठमाडौं, असोज ११ । बारा प्रहरीले गाडीमा झापा लैजाँदै गरिएको २६ लाख मूल्य बराबरको अलैंची बरामद गरेको छ ।

नियमित चेक जाँचका क्रममा बुधबार दिउँसो पथलैया चोकबाट अलैंचीसहितको गाडी नियन्त्रणमा लिएको बारा प्रहरीले जनाएको छ ।

लमजुङबाट झापा तर्फ जाँदै गरेको ना.६ ख ७१०५ नम्बरको गाडीलाई रोकी चेक जाँच गर्दा १३ सय किलो अलैंची बरामद भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: ११ आश्विन २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्