एमालेको मधेश अधिवेशन असोज २४ र २५ गते


काठमाडौं, असोज ११ । नेकपा (एमाले)को मधेस प्रदेशको अधिवेशन यही असोज २४ र २५ गते हुने भएको छ ।
जनकपुरधाममा बिहीबार पत्रकार सम्मेलन गर्दै एमालेले यही असोज २४ र २५ गते हुने प्रदेशको अधिवेशन गर्ने जानकारी दिएको हो । साथै अधिवेशनको नारा र लोगो पनि सार्वजनिक गरिएको छ।
एमालेका मधेस प्रदेश अध्यक्ष रामअवतार यादव, पार्टी सचिव तथा मधेश प्रदेश इन्चार्ज योगेश भट्टराई, पोलिटब्यूरो सदस्यद्वय लिलानाथ श्रेष्ठ र जुली महतोले संयुक्त रुपमा नारा र लोगो सार्वजनिक गरेका हुन्।
एमाले अधिवेशनको नारा ‘सामाजिक न्याय र सुशासन हाम्रो कार्यभार, मधेसको स्वाभिमान र समृद्धिको लागि एमाले सरकार’ नारा राखिएको छ।
पार्टीका प्रदेश अध्यक्ष रामअवतार यादवले सार्वजनिक गरिएको लोगोले मधेस प्रदेशको सांस्कृतिक एवं धार्मिक विविधिताको सम्मान, उद्योग, कृषि, पर्यटन जस्ता क्षेत्रमा तीब्र विकासको आवश्यक्तालाई उजार गरिएको बताए ।
जनकपुरस्थित महेन्द्रनारायण निधि सांस्कृतिक केन्द्र भवनमा हुने अधिवेशनको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले गर्ने कार्यक्रम तय भएको छ ।
प्रकाशित मिति: ११ आश्विन २०८०, बिहिबार