Deshko News
१५ मंसिर २०८०, शुक्रबार

पाकिस्तानमा आत्मघाती बिस्फोट हुँदा डिएसपीसहित ५२ जनाको मृत्यु


 


कराँची । पाकिस्तानमा एक आत्मघाती बिस्फोटमा परी एक जना उच्च प्रहरी अधिकारीसहित कम्तीमा ५२ जनाको मृत्यु भएको छ।

पाकिस्तानी समाचार पत्रका अनुसार बलोचिस्तानको मास्तुङ जिल्लामा एउटा मस्जिदनजिकै सुरू हुन लागेको र्‍यालीमा आत्मघाती बिस्फोट भएको हो। बिस्फोटमा परी र्‍यालीमा खटेका मास्तुङका डिएसपीको पनि मृत्यु भएको छ।

बिस्फोटमा परी १३० भन्दा बढी मानिस घाइते भएका छन्। घाइतेहरूको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ।

बिस्फोटको जिम्मा अहिलेसम्म कसैले जिम्मा लिएको छैन।

प्रकाशित मिति: १२ आश्विन २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्