बाख्राले बाली खाइदिएको विषयमा खुर्पा प्रहार गरी वृद्धाको हत्या


 


धादिङ, असोज १३ । धादिङमा धारिलो हतियार प्रहार गरी एक जना वृद्धाको हत्या भएको छ।

नेत्रावती गाउँपालिका–४ हल्दारे बस्ने ७२ वर्षीया सुकमाया गुरूङको हत्या गरको आरोपमा प्रहरीले सोही ठाउँमा बस्ने ३६ वर्षीय मंगल गुरूङलाई पक्राउ गरेको छ । सुकमाया आफ्नै घर नजिकैको सडकमा मृत फेला परेकी थिइन्।

आरोपी गुरुङसंग सोधपुछ गर्दा सुकमायासँग पुरानो रिसिइबी भएको र बाख्राले बाली खाइदिएको विषयमा खुर्पाले प्रहार गरी हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १३ आश्विन २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्