डाक्टरमाथि कुटपिट भएपछि काठमाडौं मेडिकल कलेज अगाडि प्रदर्शन


काठमाडौं, असोज १४ । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजका इन्टर्न डाक्टर मनिष खड्कामाथि हातपात भएको विरोधमा त्यहाँ कार्यरत डाक्टरहरु प्रदर्शनमा उत्रिएका छन् ।
चिकित्सकहरु काम बन्द गरेर अस्पताल अगाडि सडकमा प्रदर्शनमा उत्रिएका हुन् । यद्यपि प्रहरीले डाक्टर खड्काथि कुटपिट गर्ने दुई जनालाई पक्राउ गरिसकेको छ ।
मिर्गौला रोगको परीक्षणका लागि बहिरंग सेवा (ओपीडी)मा आएका बिरामीले आइतबार दिउँसो साढे १२ बजेतिर इन्टर्न डाक्टर खड्कामाथि आक्रमण गरेको अस्पताल प्रबन्धक नारायणप्रसाद दाहालले बताएका छन् ।
उक्त घटनामा संलग्नको आरोपमा प्रहरीले गुल्मी घर भई चाबहिल बस्ने रुपक गौतम र सिनामंगल बस्ने सरोज गौतमलाई पक्राउ गरेको छ ।
डाक्टरहरुले आफूहरूको सुरक्षा र कुटपिटमा संलग्नलाई कारबाहीको माग राखेका छन् ।
प्रकाशित मिति: १४ आश्विन २०८०, आइतबार