जलहरी प्रकरण : कोषका तत्कालीन र वर्तमान सदस्य सचिवविरुद्ध मुद्दा दायर


 


काठमाडौं, असोज १४ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिमा जलहरी राख्दा अनियमितता गरेको आरोपमा पशुपति क्षेत्र विकास कोषका तत्कालीन र वर्तमान सदस्य सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

पूर्व सदस्य सचिव डा. प्रदीपकुमार ढकाल र तत्कालीन कोषाध्यक्ष मिलनकुमार थापाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

पशुपतिनाथ मन्दिरमा जलहरी राख्दा सुन हिनामिना गरिएको विषयमा छानबिन गरिरहेको आयोगले सदस्य सचिवद्वयले एक किलो ४९१.७१८ ग्राम सुन हिनामिना गरेको ठहर गरेको छ ।

उनीहरूमाथि हिनामिना भएको भनिएको सुन बराबर १ करोड १७ लाख १ हजार ७८१ रुपैयाँ ८५ पैसा भ्रष्टाचार गरेको आरोप लागेको हो ।

यस्तै, कोषका स्टोरकिपर अरुणकुमार श्रेष्ठविरुद्ध पनि एक करोड १७ लाख एक हजार ७८१ रुपैयाँ ८५ पैसा बिगो कायम गरी सो बराबर जरिवाना रकम माग गरिएको आयोगले जनाएको छ ।

प्रकाशित मिति: १४ आश्विन २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्