दोलखामा फेरि ४ किलो सुन बरामद


काठमाडौं, असोज १४ । दोलखा प्रहरीले फेरि चार किलो सुन बरामद गरेको छ ।
जिल्लाको बिगु गाउँपालिका–१, लामाबगरबाट चार किलो सुन बरामद गरेको हो । यससंगै प्रहरीले दोलखाबाट ११ किलो सुन बरामद गरिसकेको छ ।
केहीदिन अघि मात्रै सात किलो सुन बरामद गरेको थियो । त्यसको अनुसन्धान गर्दै जाँदा आइतबार थप चार किलो सुन पनि भेटिएको प्रहरीले जनाएको छ ।
प्रहरी स्रोतका अनुसार यो सुन चीनसँगको फलेक नाकाबाट आएको हो ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) सहितको टोलीले भदौ ३ मा रसुवागढी नाकाबाट आएको दुई किलो र असोज १३ मा आएको एक किलो सुन समेत बरामद गरेको जनाएको छ ।
प्रकाशित मिति: १४ आश्विन २०८०, आइतबार