खोटाङमा पाँच वर्षीया बालिका बलात्कृत, एक युवक पक्राउ


 


खोटाङ, असोज १४ । खोटाङमा पाँच वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

बलात्कार आरोपमा जन्तेढुंगा गाउँपालिका–६ का प्रहरीले २६ वर्षीय राजु राईलाई प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको टोलीले उनलाई शनिबार राति ११ बजे सोही वडाकै जंगलबाट पक्राउ गरेको जनाएको छ ।

प्रहरीका अनुसार शनिबार साँझ खेल्दै गरेकी बालिकामाथि राईले जबरजस्ती करणी गरेको आरोप लागेको छ ।

परिवारका सदस्यले प्रहरीलाई खबर गरेपछि युवकलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय चिसापानीका प्रहरी निरीक्षक राजु निरौलाले जानकारी दिए।

उनका अनुसार युवकलाई जिल्ला प्रहरी कार्यालय दिक्तेल पठाइएको छ भने बालिकाको जिल्ला अस्पतालमा उपचार भइरहेको उनले बताए।

प्रकाशित मिति: १४ आश्विन २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्