काठमाडौं मेडिकल कलेजका डाक्टरहरू आज पनि प्रदर्शनमा


काठमाडौं, असोज १५ । डाक्टर कुटपिटको विरोधमा काठमाडौँ मेडिकल कलेजमा कार्यरत डाक्टरहरुले आज पनि विरोध प्रदर्शनलाई जारी राखेका छन् ।
डाक्टरहरु मेडिकल कलेज अगाडि सडकमा बसेर प्रदर्शनमा उत्रिएका छन् । कुटपिटमा संलग्नमध्ये दुई जना पक्राउ परेपनि एक जना अझै फरार रहेको उनीहरुको भनाइ छ ।
डाक्टरहरुले दोषीमाथि कडाभन्दा कडा कारबाहीको माग गरेका छन् । आइतबार विरामीका आफन्तले चिकित्सकमाथि हातपात गरेको डाक्टरहरुको आरोप छ ।
प्रकाशित मिति: १५ आश्विन २०८०, सोमबार