सुर्खेतमा एमालेको मतगणनास्थलमा अनेरास्ववियु­द्वारा तोडफोड


 


काठमाडौं, असोज १५ । नेकपा एमाले कर्णाली प्रदेश कमिटीको मतगणनास्थलमा तोडफोड भएको छ ।

सुर्खेतस्थित सिटी हलमा जारी मतगणनाका क्रममा अनेरास्ववियुका कार्यकर्ताले तोडफोड गरेका हुन् । तोडफोडबाट सिटी हलका सिसा फुटेका छन् ।

एमाले कर्णाली अधिवेशनको निर्वाचन समितिमा रहेका सत्य शाहीलाई पार्टीले कारबाही गरेको भन्दै मतगणनास्थलमा प्रदेश नदिएपछि शाही पक्षधर तोडफोडमा उत्रेका हुन् ।

घटनापछि मतगणनास्थलमा थप प्रहरी परिचालन गरिएको छ । शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

आइतबार भएको एमाले कर्णाली प्रदेशको पहिलो अधिवेशन अन्तर्गत सोमबार मतगणना भइरहेको छ ।

प्रकाशित मिति: १५ आश्विन २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्