चितुवाको छालासहित पाँच जना पक्राउ


काठमाडौं, असोज १५ । चितुवाको छालासहित पाँच जना पक्राउ परेका छन्।
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले चितुवाको छालासहित ललितपुर महानगरपालिका–१५ बोधिग्राम टोलबाट पाँच जनालाई पक्राउ गरेको हो ।
भोजपुर आमचोक गाउँपालिका–४ बस्ने ३९ वर्षीय लक्ष्मण विश्वकर्मा, २० वर्षीय विनोद कालिकोटे, रामेछाप नगरपालिका–४ बस्ने ३४ वर्षीय दलबहादुर आले मगर, धादिङ गल्छी गाउँपालिका(८ बस्ने २८ वर्षीय उमेश दुधराज र २० वर्षीय प्रेमबहादुर विक पक्राउ परेका छन्।
वन्यजन्तुको आखेटोपहार अवैध रूपमा ओसारपसार तथा खरिद बिक्री गर्न लागेको भन्ने विशेष सूचनाको आधारमा उनीहरुलाई गरिएको एसपी नवराज अधिकारीले जानकारी दिए।
उनका अनुसार उनीहरुलाई थप अनुसन्धानको लागि वन डिभिजन कार्यालय हात्तिवनमा बुझाएको छ।
प्रकाशित मिति: १५ आश्विन २०८०, सोमबार