एमसिसीका प्रमुख कार्यकारी अधिृकतले प्रधानमन्त्रीलाई भेटे


काठमाडौं, असोज १६ । अमेरिकी सहयोग परियोजना एमसिसीका प्रमुख कार्यकारी अधिकृत एलिस अलब्राइटले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेट गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा नेपाल–अमेरिकाबीचको सहकार्यका विषयमा छलफल भएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ ।
सो क्रममा नेपालमा कार्यान्वयन चरणमा रहेका एमसिसी परियोजनाका सम्बन्धमा समेत कुराकानी भएको सचिवालयले जनाएको छ ।
प्रकाशित मिति: १६ आश्विन २०८०, मंगलबार