Deshko News
१५ मंसिर २०८०, शुक्रबार

राजस्व छलीको ८० थान मोबाइल र चोरीको गाडीसहित एक जना पक्राउ


 


काठमाडौं, असोज १६ । प्रहरीले काठमाडौँको न्युरोडबाट राजस्व छलिको मोबाइल र चोरीको गाडी बरामद गरेको छ ।

८० थान मोबाइल र चोरीको फोर्ड कम्पनीको बा.११ च ५०९४ नम्बरको गाडी बरामद गरिएको हो ।

राजस्व छलीको मोबाइल र गाडीसहित रामेछापको लिखु गाउँपालिका–७ घर भएका मिलन श्रेष्ठलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले बताए ।

उनका अनुसार बरामद सामानसहित श्रेष्ठलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा बुझाइएको छ ।

प्रकाशित मिति: १६ आश्विन २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्