Deshko News
१४ मंसिर २०८०, बिहिबार

११ किलो सुन प्रकरण : चिनियाँ नागरिकसहित थप तीन जना पक्राउ


 


काठमाडौं, असोज १६ । दोलखामा बरामद ११ किलो सुन प्रकरणमा चिनियाँ नागरिकसहित थप तनि जना पक्राउ परेका छन् ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले चिनियाँ नागरिक साथी भनिने गेङ्रु, उनका सहयोगी सनत प्रधान र सुन किनबेचमा संलग्न लालबहादुर तामाङलाई पक्राउ गरेको हो ।

सीआईबीका प्रवक्ता एसपी नवराज अधिकारीले उनीहरुलाई स्वयम्भुबाट पक्राउ गरिएको जानकारी दिए । पक्राउ गरेर आजै उनीहरुलाई जिल्ला प्रहरी कार्यालय, दोलखालाई बुझाइँँदैछ ।

पक्राउ परेका मध्ये चिनियाँ नागरिक गेङ्रुले नै चीनबाट सुन मगाएको पाइएको अनुसन्धानमा संलग्न अधिकृतहरु बताउँछन् । यसअघि प्रकरणमा ७ जना पक्राउ परिसकेका छन् । यो गिरोहले दोलखाको नाकाबाट आलुको बोरामा लुकाएर सुन तस्करी गर्ने गरेको थियो ।

पछिल्लो समय सुनसहितको आलुको बोरा लुटिएपछि यो विषय प्रहरीसम्म पुगेको थियो ।

प्रकाशित मिति: १६ आश्विन २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्