नेपालगञ्जमा धार्मिक तनाव, अनिश्चितकालीन कर्फ्यु लगाइयो


 


बाँके, असोज १६ । जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगञ्ज उपमहानगरपालिकामा अनिश्चितकालीन कर्फ्यु लगाएको छ।

प्रमुख जिल्ला अधिकारी विपीन आचार्यले मंगलबार दिउँसो १ बजेदेखि लागु हुने गरी कर्फ्यु लगाइएको जानकारी दिए।

केही दिनदेखि नेपालगञ्जमा हिन्दु र मुस्लिम समुदायबीच धार्मिक तनाव देखिएको थियो । यसै विषयमा प्रशासनले सर्वपक्षीय बैठक पनि गरेको थियो।

मंगलबार बिहान नेपालगञ्जमा सद्भाव र्‍याली पनि निकालिएको थियो।

प्रकाशित मिति: १६ आश्विन २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्