कुमारी बैंकको ‘दसैं तिहार अफर सार्वजनिक


काठमाडौं, असोज १६ । कुमारी बैंकले दसैं तथा तिहारलाई लक्षित गर्दै विभिन्न अफर सार्वजनिक गरेको छ ।
बैंकले ग्राहक माझ कुमारी परिवार सुरक्षा बचत खातामा थप सुविधाका साथ ‘दसैँ र तिहार परिवारलाई उपहार’ अफर सार्वजनिक गरेको हो ।
२६ लाखको बिमा सुविधाअन्तर्गत परिवारका चारजना सदस्यलाई एक लाखको मेडिकल बिमा सुविधाका साथै कुमारी परिवार सुरक्षा बचत खातामा २४ लाखसम्मको दुर्घटना बिमा तथा एक लाखसम्मको घातक रोग बिमा सुरक्षण समावेश गरिएको छ ।
साथै खाता खोलिएको पहिलो वर्षका लागि लकर सुविधामा लकर शुल्कमा १०० प्रतिशत तथा लकर मार्जिनमा ५० प्रतिशत छुट तथा निःशुल्क डेबिट÷क्रेडिट कार्ड सुविधा प्रदान गर्ने कम्पनीले जनाएको छ ।
यसै अवसरमा बैंकका अन्य बचत खाताहरूमा २० हजार रुपैयाँको मेडिकल बिमा सुविधा प्रदान गर्ने जनाएको छ ।
प्रकाशित मिति: १६ आश्विन २०८०, मंगलबार