बझाङमा भूकम्प : अस्पताल बाहिरै सुत्केरी


 


बझाङ, असोज १६ । बझाङ केन्द्रविन्दु भएर मंगलबार दिउँसो भूकम्प गएपछि जिल्ला अस्पताल बझाङमा गर्भवती महिलालाई अस्पतालको प्राङ्गणमै सुत्केरी गराइएको छ।

२ बजेर ४० मिनेटमा बझाङको तिलकोट केन्द्रविन्दु बनाएर ५.३ म्याग्नेच्युड र ३ बजेर ६ मिनेटमा बझाङको चैनपुर केन्द्रविन्दु बनाएर ६.३ म्याग्नेच्युडको भूकम्प गएको थियो।

भूकम्पबाट घर तथा विद्यालयहरूमा क्षति पुगेको छ। क्षति पूर्ण विवरण अझै आएको छैन ।

प्रकाशित मिति: १६ आश्विन २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्