माओवादी केन्द्रका सचिव आचार्य अस्वस्थ, एक्कासी बाेली बन्द


 


काठमाडौं, असोज १७ । नेकपा माओवादी केन्द्रका सचिव डिलाराम आचार्य अस्वस्थ भएका छन् ।

विशेष रूपान्तरण अभियान अन्तर्गत अछाम जिल्लाको समीक्षा बैठकमा सहभागी हुन पुगेका आचार्य अस्वस्थ भएका हुन् । उनी सुदूरपश्चिम इन्चार्ज पनि हुन् ।

स्वास्थ्यमा समस्या आएसँगै बयलपाटा अस्पतालमा उपचार सम्भव नभपछि उनलाई नेपालगन्ज ल्याइएको छ ।

उनलाई सेनाको हेलिकप्टरमा नेपालगन्ज ल्याइएको माओवादी केन्द्रका नेता खगराज भट्टले जानकारी दिए ।

उनको एकाएक बोली बन्द हुनुका साथै शरीरको दाहिने भागमा प्यारालाइसिस भएको भट्टको भनाइ छ ।

प्रकाशित मिति: १७ आश्विन २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्