Deshko News
१५ मंसिर २०८०, शुक्रबार

रिगललाई आममाफी दिएको विरोधमा अनशन बसिन् भारती


 


काठमाडौं, असोज १७ । बाँकेका योगराज ढकाल (रिगल)लाई आममाफी दिएको विरोधमा भारती मानन्धरले अनशन सुरू गरेकी छन् ।

न्याय नपाएसम्म घर नफर्किने भन्दै उनले माइतीघर मण्डलामा बुधबार बिहानदेखि अनशन सुरु गरेकी हुन् ।

सरकारको सिफारिसमा राष्ट्रपतिले श्रीमान् चेतन मानन्धरको हत्या अभियोगमा जेल परेका रिगललाई संविधान दिवसको अवसरमा कैद मिनाहा गरेका थिए ।

रिगलविरुद्ध २०७२ असार २८ मा नेपालगञ्जको धम्बोजी चोकमा चेतनमाथि खुँडा प्रहार गरी हत्या गरेको अभियोग थियो ।

उनलाई जिल्ला अदालत बाँकेका तत्कालीन न्यायाधीश विष्णु सुवेदीको इजलासले २०७६ साल वैशाखमा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो ।

भारतीले रिगललाई कैद मिनाहा दिने राष्ट्रपतिको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिटसमेत दायर गरेकी छन् ।

प्रकाशित मिति: १७ आश्विन २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्