रिगलको आममाफीविरूद्ध अनशनरत भारती अदालतमा बेहाेस, अस्पताल भर्ना


काठमाडौं, असोज १७ । बाँकेका योगराज ढकाल (रिगल)लाई आममाफी दिने सरकारको निर्णयविरूद्ध आमरण अनशन बसेकी भारती मानन्धर अस्पताल भर्ना भएकी छन् ।
बुधबार दिउँसो सर्वोच्च अदालतमा पुगेकी भारती बेहोश भएपछि वीर अस्पताल लगिएको हो।
आफ्ना श्रीमान चेतन मानन्धरका हत्या गर्ने रिगललाई जेल चलान गर्नुपर्ने माग गर्दै उनले बुधबार माइतीघर मण्डलमा अनशन सुरू गरेकी छन्।
संविधान दिवसको दिनमा सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले रिगललाई आममाफी दिँदै रिहा गरेको थियो।
भारतीका श्रीमान चेतनको हत्या अभियोगमा रिगललाई सर्वस्वसहित जन्मकैद सजाय दिइएको थियो।
प्रकाशित मिति: १७ आश्विन २०८०, बुधबार