अश्लील तथा अमर्यादित प्रस्तुतिप्रति लोकदोहोरी प्रतिष्ठानको ध्यानाकर्षण
काठमाडौं, असोज १८ । लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले लोक तथा दोहोरी गीतका नाममा हुने अश्लील तथा अमर्यादित प्रस्तुति बन्द गर्न अनुरोध गरेको छ ।
प्रतिष्ठानले बिहीबार एक विज्ञप्ति जारी गर्दै ण्दोहोरी साँझ, विभिन्न चाडबाडका उत्सव समारोह तथा टिकटक लगायतका सामाजिक सञ्जालहरुमा नेपाली लोक तथा दोहोरी गीत प्रयोग गरी प्रस्तुत गरिएको भद्दा एवम् उश्रृंखल नृत्य एवम् दृश्यप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
लोक तथा दोहोरी गीतसंगीत क्षेत्रमा अमर्यादित र अभद्र कार्यले समग्र नेपाली लोकदोहोरी क्षेत्रसँंग सम्बन्धित कलाकार, सर्जक, शुभेच्छुक, शुभचिन्तक तथा सम्पूर्ण नेपाली कला एवम् संस्कृतिप्रेमीहरुलाई गहिरो आघात पुगेको समेत प्रतिष्ठानको ठम्याइ रहेको छ ।
प्रकाशित मिति: १८ आश्विन २०८०, बिहिबार