एमाले सुदूरपश्चिमको अध्यक्षमा सिंहको उम्मेदवारी घोषणा


धनगढी, असोज १८ । नेकपा एमालेका नेता वचनबहादुर सिंहले सुदूरपश्चिम प्रदेश कमिटिको अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।
एमाले सुदूरपश्चिमका प्रदेश सचिवालय सदस्य समेत रहेका सिंहले बिहीबार धनगढीमा पत्रकार सम्मेलन आयोजना गर्दै अध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् ।
अध्यक्षमा एकल उम्मेदवारी घोषणा गरेका सिंहले प्यानल बनाएर चुनाव लड्ने पक्षमा नरहेको बताएका छन् । एमाले सुदूरपश्चिमको अधिवेशन अगामी असोज २१ र २२ गते धनगढीमा हुँदैछ ।
एमाले प्रदेश अध्यक्षमा अछामका कृष्णप्रसाद जैशी र अछामकै अहिलेका प्रदेश कमिटि उपाध्यक्ष कमल तिमिल्सिनाले अध्यक्षमा आकांक्षा राखेका छन् ।
प्रकाशित मिति: १८ आश्विन २०८०, बिहिबार