आज विश्व मुस्कान दिवस


काठमाडौं, असोज १९ । आज विश्व मुस्कान दिवस मनाइँदै छ।
आपसी सद्भाव र खुसी फैलाउन प्रोत्साहित गर्न सन् १९९९ देखि हरेक वर्ष अक्टोबर ६ मा यो दिवस मनाउन सुरुआत गरिएको हो।
मुस्कानले व्यक्तिको व्यक्तित्वलाई आकर्षकसँगै सामाजिक सम्बन्धलाई प्रगाढ बनाउन सहयोग गर्छ ।
प्रकाशित मिति: १९ आश्विन २०८०, शुक्रबार