भूकम्पपीडितलाई तत्काल ५० हजार दिने प्रधानमन्त्री प्रचण्डको घोषणा


काठमाडौं, असोज १९ । प्रधानमन्त्री पुष्पकलम दाहाल ‘प्रचण्ड’ले बझाङका भूकम्पपीडितलाई तत्काल ५० हजार उपलब्ध गराउने घोषणा गरेका छन् ।
शुक्रबार भूकम्प प्रभावित क्षेत्रको अवलोकन गर्न बझाङ पुगेका प्रधानमन्त्री प्रचण्डले भूकम्पपीडित समक्ष चैनपुरमा सो घोषणा गरेका हुन् ।
त्यस्तै उनले घाइतेको निःशुल्क उपचार गर्ने, मृतकका परिवारलाई तत्काल २ लाख दिने घोषणा गरेका छन् ।
तीनै तहको सरकारको समन्वयमा क्षति मुल्याङकन गरी कार्यविधि बनाए पुननिर्माण गर्ने उनले प्रतिबद्धता जनाए।
यस्तै सरकारी भवनमा भएको क्षतिको पनि मुल्याङकन गरी पुननिर्माण गर्ने उनले बताए ।
प्रकाशित मिति: १९ आश्विन २०८०, शुक्रबार