गरिमा विकास बैंकले सुरू गर्याे क्रेडिट कार्डमा ईएमआई सेवा, नेपालकै पहिलो


 


काठमाडौं, असोज १९ । गरिमा विकास बैंक क्रेडिट कार्डमा ईएमआई सेवा शुरू गरेको छ । यससंगै गरिमा विकास बैंक नेपालमा यो सेवा सुरु गर्ने गर्ने पहिलो विकास बैंक बनेको छ ।

‘आज किन्नुहोस् र पछि तिर्नुहोस्’ सिद्धान्तमा आधारित रहने क्रेडिट कार्ड सुविधा गरिमा विकास बैंकले आफ्ना ग्राहकका लागि सुरु गरेको हो ।

बैंकिङ कारोबारलाई थप ग्राहकमैत्री बनाउने उद्देश्यका साथ विकास बैंकहरूमा नै पहिलो पटक क्रेडिट कार्डमा ईएमआई सेवा अर्थात् किस्ताबन्दीको सुरुवात गरिएको गरिमा बैंकले जानकारी दिएको छ ।

बैंकका अनुसार यस अन्तर्गत बैंकले सम्झौता गरेको बिक्रेताहरूसँग सामान खरिद गरी गरिमा विकास बैंकको क्रेडिट कार्डबाट भुक्तानी गर्दा सबै खरिद रकम एकैपटक नभई शून्य प्रतिशत ब्याजदरमा मासिक किस्ताको रूपमा तिर्न सकिनेछ ।

साथै, यदि ग्राहक आफैंले पनि अरू कतैबाट सामान खरिद गरी गरिमा विकास बैंकमा भ्याट बिल पेश गरी यो सुविधा लिन चाहेमा पनि सजिलै लिन सकिने बैंकले जनाएको छ।

आउँदै गरेको बडा दसैँ तथा तिहारमा सामान खरिद गर्न मन हुने, तर तुरुन्तै सबै रकम भुक्तानी गर्न असहज हुने ग्राहकहरूले योे सुविधामार्फत लाभ उठाउन सक्ने बैंकले दाबी गरेको छ ।

गरिमा विकास बैंकले देशभर १२२ शाखा कार्यालय तथा ५० एटीएम एवम्‌ विभिन्न डिजिटल बैकिङमार्फत सरल, सुरक्षित र गुणस्तरीय बैकिङ सेवा प्रवाह गर्दै आइरहेको छ ।

प्रकाशित मिति: १९ आश्विन २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्