अनलाइन बेटिङमा कराेडाैंकाे काराेबार गरेकाे आरोपमा एक युवक पक्राउ


 


काठमाडौं, असोज १९ । अनलाइन बेटिङबाट २४ करोड बराबरको कारोबार गरेको आरोपमा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले झापा दमक नगरपालिका–१२ का ३० वर्षीय पिन्टुकुमार साहलाई पक्राउ गरेको हो।

उनले गैरकानुनी रूपमा २४ करोड १५ लाख १७ हजार १३८ रुपैयाँको बेटिङ कारोबार गरेको देखिएको कार्यालयका एसपी रवीन्द्र रेग्मीले बताए ।

उनका अनुसार वानएक्स बेट, मेल्बेट, रूपी बेट, डब्ल्युडब्ल्युडब्ल्यु ३८८८, स्काइ चेन्ज, बालिज बेट, खेल विन, इन्डिओ २४ बेट, केएनजेम८८ जस्ता वेबसाइटहरूमार्फत साहले बेटिङ गर्न लगाएका छन् ।

उनले अरूलाई बेटिङ गर्न लगाएको, जुवा, सट्टाबाजीजस्ता अनलाइन खेल खेलाएको आरोप छ। उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर टेकुमा पठाएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १९ आश्विन २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्