Deshko News
१४ मंसिर २०८०, बिहिबार

प्रहरी महानिरीक्षक कुँवर बेलायत प्रस्थान


 


काठमाडौं, असोज २० । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर आज (शनिबार) बेलायत प्रस्थान गरेका छन् ।

बेलायत सरकारको निमन्त्रणामा उनी नेपाल प्रहरीका वरिष्ठ प्रहरी अधिकृतहरूसहित चार सदस्यीय टोलीको नेतृत्व गर्दै बेलायत गएका हुन् ।

उक्त टोलीमा प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरका साथै प्रहरी नायव महानिरीक्षक विष्णु कुमार केसी, प्रहरी वरिष्ठ उपरीक्षक द्वय दान बहादुर कार्की र शेखर खनाल सम्मिलित रहेका छन् ।

महानिरीक्षकको टोली असोज २२ गतेदेखि २६ गतेसम्म आयोजना हुने ‘सुरक्षा र न्याय सुदृढीकरणका लागि एकीकृत कार्यक्रम’मा सहभागी हुनेछ । साथै बेलायत प्रहरी, प्रहरी इकाई आदिमा भेटघाट तथा अवलोकनको कार्यक्रम रहेको छ ।

उनीहरूलाई प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा शुभकामना सहित हार्दिक बिदाइ गरे ।

प्रकाशित मिति: २० आश्विन २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्