कर्णाली नदी तर्ने क्रममा तुइन चँडिदा एक जना बेपत्ता


सुर्खेत, असोज २१ । कर्णाली नदी तर्ने क्रममा तुइनको डोरी चुँडिएपछि हुम्लामा एक जना नदीमा बेपत्ता भएका छन् ।
जिल्लाको सर्केगाड गाउँपालिका–२ रिपस्थित ल्याप्चेको (खडीखेत) घाटमा शनिबार साँझ तुइन तर्ने क्रममा मुगु सोरु गाउँपालिका–५ नेरगाउँका ३८ वर्षीय मक्करसिंह नेपाली कर्णाली नदीमा खसेर बेपत्ता भएका हुन् ।
कर्णाली करिडोरको ग्युसी छारे खण्डको छारे भिरमा सडक निर्माण गर्न मुगुबाट आएका नेपाली काम सकेर बासस्थानतिर जाने क्रममा शनिबार ल्याप्चेमा रहेको घाटमा तुइनबाट खसेर बेपत्ता भएका थिए ।
कर्णाली करिडोरको हुम्ला खण्डमा पर्ने लालीबगर डुल्ली कुनको छारे क्षेत्रमा विभिन्न १८ निर्माण समूहले काम गर्दै आएका थिए । नदीमा बेपत्ता भएका नेपालीको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ ।
प्रकाशित मिति: २१ आश्विन २०८०, आइतबार