कञ्चनपुरमा कोदालो प्रहार गरेर बुवाको हत्या


 


धनगढी, असोज २१ । कञ्चनपुरका एक युवकले कोदालो प्रहार गरेर बुवाको हत्या गरेका छन्।

जिल्लाको पुनर्वास नगरपालिका वडा नम्बर ११ भीमबस्तीका १८ वर्षीय हेमन्त धामीले ४६ वर्षीय बुवा जसवीरको हत्या गरेका हुन्।

हेमन्तले घरायसी विवादमा बुवामाथि कोदालो प्रहार गरेको र उनको घटनास्थलमा नै मृत्यु भएको कञ्चनपुर प्रहरीले जनाएको छ।

हेमन्तलाई इलाका प्रहरी कार्यालय, त्रिभुवनबस्तीले नियन्त्रणमा लिएको छ। हत्या गरिएका धामी पूर्व सेना रहेको खुलेको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २१ आश्विन २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्