Deshko News
१६ मंसिर २०८०, शनिबार

इजरायलमा रहेका नेपालीहरुको उद्दार गर्न कांग्रेसको माग


 


काठमाडौं, असोज २१ । नेपाली कांग्रेसले इजरायलमा रहेका नेपालीहरुको उद्दार तथा स्वदेश फर्काउन सरकारसँग माग गरेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले आइतबार वक्तव्य जारी गर्दै इजरायलमा रहेका नेपालीहरुलाई तत्काल सुरक्षित स्थानमा पुर्‍याउन माग गरेका हुन् ।

‘आवश्यक उद्धार गर्ने र यथासम्भव स्वदेश फर्काउनका लागि नेपाल सरकारले अविलम्व कुटनीतिक पहल गर्न नेपाली कांग्रेस जोडदार माग गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

साथै इजरायलमा कार्यरत नेपालीहरूलाई स्वदेश फर्कने वातावरण निर्माण गरिदिन छिमेकी देशहरू, अन्तर्राष्ट्रिय मानव अधिकारवादी संघ संस्था, आप्रवास सम्बन्धी संगठन, अन्तर्राष्ट्रिय रेडक्रस समिति लगायत सम्वद्ध सबै अन्तर्राष्ट्रिय समुदायहरूसँग आग्रह गरेका छन् ।

त्यसैगरि अप्ठेरोमा परेका नेपालीहरुको आवश्यक सहयोगका लागि इजरायलस्थित नेपाली दुताबास एमव् नेपाली जनसम्पर्क समितिमा सम्पर्क गर्न सभापति देउवाले आग्रह गरेका छन् ।

साथै देउवाले इजलरालमा भएको आक्रमणको भर्त्सना समेत गरेका छन् ।

प्रकाशित मिति: २१ आश्विन २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्